एजेन्सी । विद्रोही समूहले सिरियाको अर्को ठूलो शहर पनि नियन्त्रणमा लिएको छ । यसअघि अलेप्पो शहर नियन्त्रणमा लिएको जिहादी समूह हयात तहरीर अल–शामले हमा शहर नियन्त्रणमा लिएको हो ।
हमा शहरभित्रको जेलमा आक्रमण शुरु गरेलगत्तै ठूलो लडाइँ शुरु भएको र सरकारी सेना पछाडि हटेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लडाइँपछि हयात तहरीर अल शाम एचटीएस समूहका नेता अबू मोहम्मद अल–जवालानीले हमा शहरमा जित निकालेको घोषणा गरेका छन् ।
उनले शहर आफ्नो नियन्त्रणमा आएको भन्दै कसैसँग कुनै पनि प्रकारको बदला नलिने दाबी गरेका छन् । यसअघि विद्रोही समूहले हमा सहरको सेन्ट्रल जेल कब्जा गरेको थियो । त्यसपछि शुरु भएको लडाइँमा दुवै पक्षका कैयौँ व्यक्ति हताहत भएका थिए । जेलबाट एचटीएस समूहले कैदीहरूलाई भगाएको थियो ।