Logo
Logo

सिडिओका चालकलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ जेठ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण देखिएको छ। कार्यालकै क्वाटरमा बस्दै आएका उनलाई भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ पाइएको हो।

बर्दियाबाट भर्खर मन्त्रालय सरुवा भएका प्रमुख जिल्ला अधिकारीलाई पु¥याउन जाँदासँगै स्वाब परीक्षण गराउने क्रममा प्रजिअको नतिजा नेगेटिभ र चालकको नतिजा पोजिटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले बताए। प्रजिअकै सवारी चालकलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय लगायत स्थानीयमा त्रास फैलिएको छ।
भर्खर बर्दिया आएका नयाँ प्रमुख जिल्ला अधिकारीबाट सोही सवारीको प्रयोग हुँदै आएको थियो। स्वास्थ्य कार्यालय बर्दियाले जिल्ला प्रशासन कार्यालयका नयाँ प्रमुख जिल्ला अधिकारीसहित कार्यालयमा कार्यरत १७ जना कर्मचारीको नमुना स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको निरिक्षक चौधरीले जानकारी दिए। कार्यालयका सबै कर्मचारी होम क्वारेन्टाइनमा छन्। उनले भने ’हामीले संक्रमितबाट कन्ट्रयाक हिस्ट्री लिँदैछौ, आवस्यक परे परीक्षणको दायरा बढाउँछौ।’

प्रतिक्रिया दिनुहोस्