काठमाडौं । एनएमबी बैंकलाई २०२४ को यूएन ओमेन एशिया–प्यासिफिक डब्लुईपीएस अवार्ड अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थलको विशेष अवार्ड प्रदान गरिएको छ ।
यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबी बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको अवार्ड रहेको बैंकले जनाएको छ ।
यूएन ओमेन र यूएन ग्लोबल कम्प्याक्टद्वारा कार्यस्थल, बजार र समूदायहरूमा महिला सशक्तिकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबी बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको बैंकको भनाई छ ।
ती प्रयासहरुमा ‘सि लिड्स टुमरो स्कोलरसिप, एनएमबी नेक्स्टजीन बैंकिङ लिडर्स स्कोलरसिप’, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकासका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू रहेका छन् ।
यस अवार्डले एनएमबी बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गतको यूएन ओमेनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ ।
एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो ।
यस अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दीगो विकास गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघी बढ्न प्रोत्साहान मिलेको छ । एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।