जनकपुरधाम । विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिरमा ३४ जोडीको बिना दाइजो सामूहिक विवाह गराएको छ । सीताराम विवाह पञ्चमीको अवसरमा शनिबार राति मन्दिर परिसरमै हिन्दू परम्परा अनुसार परिषद्ले सामूहिक विवाह गराएको हो । विवाहमा लागेको सम्पूर्ण खर्च पनि परिषद्ले व्यहोरेको छ ।
परिषद्का धनुषा अध्यक्ष सन्तोष साहले दाइजोप्रथा अन्त्य गर्न विगत ६ वर्षदेखि सामूहिक विवाह गराउँदै आएको बताए । बेहुलीलाई सुनको मंगलसूत्र, १५ सेट साडी, शृँगार पटार, बेहुलाका लागि आवश्यक पर्ने सबै लुगा परिषद्ले व्यवस्था गरेको उनले बताए ।
विवाहित जोडीलाई भान्सा कोठामा प्रयोग हुने भाडावर्तन, बेडसिट र बेहुलारबेहुली दुवै पक्षलाई २५÷२५ जनाका लागि खानाको व्यवस्था पनि परिषद्ले नै गरेको थियो । विवाह गर्नुअघि बेहुलाहरूलाई दिउँसो रथमा राखेर जनकपुरधाम नगर परिक्रमा गराइएको थियो ।