Logo
Logo

धुनीबेशी-४ का वडाध्यक्ष र सचिवविरुद्ध पक्राउ पुर्जी


8.2k
Shares

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका-४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदी

प्रहरीका अनुसार कीर्तेको कसुरमा वडाध्यक्ष हरिप्रसाद सुवेदी र तत्कालीन वडासचिव मिलन कुमार सुवेदीविरुद्ध १२ मंसिरमा जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी जारी भएको हो ।

त्यस्तै, पक्राउ पुर्जी जारी हुनेहरूमा उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका-८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी-४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी-४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका-४ पुरोना गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार छन् ।

उनीहरूविरुद्ध सरकारी कागजात कीर्ते गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएकोप्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्