Logo
Logo

उद्योग विभागका डिजी, बिदेश भ्रमणमै बिजी


567
Shares

काठमाडौं । उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवालीले पद सम्हालेको एक महिना पनि नबित्दै २ पटक विदेश भ्रमणमा गइसकेका छन् । निजी काम देखाएर उद्योग मन्त्रालयबाट बिदा लिने र उद्योगी ब्यवसायीको लगानीमा बिदेश भ्रमणमा गएको स्रोत बताउँछ । स्रोतका अनुसार तिहारअगाडि श्रीलंका, मङ्सिरको पहिलो साता हङकङ गएका हुन् । केही दिनभित्रै अर्को देश जाने तयारीमा उनी छन् ।

राजेश्वर ज्ञवाली

डीजी भएर आएपछि उनले अचानक राखेको औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले माघ १ गतेदेखि बैशाख अन्तिमसम्म ईटा उद्योगहरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । वातावरण प्रदूषणका नाममा उनले लगेको प्रस्ताव औद्योगिक प्रवद्र्धन बोर्डले अनुमोदन गरेको छ । ईटा उद्योगहरूको अवस्था दयनीय बन्दै गएको र रुग्ण भइसकेको अवस्थामा यो निर्णयले सयौं उद्योगहरू प्रभावित हुने र हजारौंले रोजगारी गुमाउने भएका छन् ।

कुनै अमूक ब्यक्तिको पछि लागेर डिजी ज्ञवालीले उक्त प्रस्तावमा उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई समेत गुमराहमा राखी निर्णय गराउन सफल भएका छन् । विनाअध्ययन हचुवाका भरमा गरिएको उक्त निर्णय खारेजीको माग ईटा उद्योग ब्यवसायीले उठाउँदै आएका छन् ।

त्यसैगरी, महानिर्देशक ज्ञवालीले ट्रेडमार्क शाखाका निर्देशक सोम गौतमलाई काखी च्यापेका छन् भने अर्का निर्देशक शान्ता मरासिनीको सरुवा थमौती गराएका छन् । मरासिनीको गएको भदौमा बाणिज्य विभागमा सरुवा भएको थियो । तर महानिर्देशक ज्ञवालीको दबाबमा उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरुवा बदर गरी उद्योग विभागमै थमौती गरिदिएका छन् ।

ट्रेडमार्क शाखाका निर्देशक गौतम शाखाको काम नगर्ने निर्देशकका रुपमा चिनिन्छन् । सोही कारण उनको र सेवाग्राहीको पटक पटक कार्यकक्षमै भनाभन मात्र होइन, हात हालाहालकै अवस्था सृजना भइसकेको छ । उनको कार्यशैलीप्रति सेवाग्राहीले पटक पटक प्रश्न उठाउँदा पनि महानिर्देशक ज्ञवालीले भने संरक्षण गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्