काठमाडौं, २६ जेठ ।
नेपाल बिद्युत प्रारिकरणको रङ्गेली बितरण केन्द्रमा अनियमितता भएको खुलेकाे छ ।
बिराटनगर उपमहानगरपालिका वडा नं. १६ स्थाई ठेगाना भई नेपाल बिद्युत् प्राधिकरण, रङ्गेली बितरण केन्द्र, मोरङ्गका तत्कालीन हेल्पर (म्यादी) अरुण कुमार गुरुङले सो केन्द्रको एउटा आय काउण्टरमा रही ग्राहकसँग संकलन गरेको महसुल हिनामिना गरेर भ्रष्टाचार गरेका हुन् । गुरुङ्गले ग्राहकहरुले बुझाइसकेको बिद्युत महसुलबाट आ.ब. ०६८–०६९ र आ.ब. २०६९–०७० मा हिनामिना गरेको कारणले त्यस्ता ग्राहकको नाममा उक्त हिनामिनाबाट बक्यौता देखिन गएको नियमानुसारको रिबेट तथा थप दस्तुरसहितको महसुल रकम ८ लाख ७३ हजार पाँच सय ४२ रुपैयाँ बिगो दाबी गरी अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।