काठमाडौं, २६ जेठ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा ऋषि राजभण्डारीको सरुवा भएको छ । सोमबार बसेको न्याय सेवा आयोगकाे बैठकले कानूनमा उनको सरुवा गरेको हो ।
मन्त्रालया सचिव राजिव गौतमले अवकाश पाएपछि मन्त्रालयमा सचिव पद रिक्त थियो । राजभण्डारी सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत थिए ।
त्यस्तै आयोगको बैठकले विभिन्न अदालतका रजिष्ट्रारहरुको पनि सरुवा गरेको छ । बाँकेमा तिर्थराज भट्ट, कञ्चनपुरमा यदुराज शर्मा, उच्च अदालत दिपायलमा दीपक पौडेल र रोल्पामा प्रेम खड्काको सरुवा भएको छ ।
बैठकले उदय सापकोटा र धनराज ज्ञवालीलाई सचिव बढुवामा समेत गरेको छ ।
सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोग तथा ज्ञवालीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ ।