Logo
Logo

चार महिनाामा २० बैंकको नाफा २२ अर्ब, कुन बैंकले कति कमाए ?


567
Shares

काठमाडौं । चालु आर्थिक २०८१/८२ को ४ महिनामा २० वाणिज्य बैंकले २२ अर्ब बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले साउनदेखि महिनासम्ममा २२ अर्ब २९ करोड ८६ लाख नाफा आर्जन गरेका हुन् ।

Nepal Banks Interest rate

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नबिल बैंकले २ अर्ब ६९ करोड १० रुपैयाँ नाफा कमाएर धेरै कमाउने बैंकको स्थान सुरक्षित गरेको छ ।

धेरै नाफा कमाउने बैंकहरुको दोस्रो नम्बरमा भने ग्लोबल आइएमई बैंक रहेको छ, जसले चार महिनामा २ अर्ब ११ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ अर्ब ८२ करोड ९ लाख, प्राइम कमर्सियल बैंक १ अर्ब ६२ करोड, एनआईसी एशिया बैकले ३८ करोड ८१ लाख, कुमारी बैककले १ अर्ब ५९ करोड र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएर छौटौँ स्थानमा आएको छ ।

नएमबिले १ अर्ब ४८ करोड, प्रभु बैंक लिमिटेडले १ अर्ब २३ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंककले १ अर्ब १३ करोड, नेपाल एसविआई बैंककले १ अर्ब ७१ लाख, लक्ष्मी सनराइज बैंककले १ अर्ब ६ करोड र राष्ट्रिय वाणिज्य बैंकले भने तीन महिनामा ५५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख, हिमालयन बैंकले ९१ करोड ८८ लाख, नेपाल बैंक लिमिटेडले ९३ करोड ८८ लाख, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख, सानिमा बैंकले ६५ करोड १३ लाख र सिटिजन्स बैंकले ४३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको हो ।

सबैभन्दा कम नाफा कमाउने कृषि विकास बैंकले चार महिनामा २२ करोड ७७ लाख रुपैयाँ ऋणात्मक कमएका छ ।

प्रतिक्रिया दिनुहोस्