Logo
Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीईओ राणा नियुक्त


945
Shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन् । बैंकको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओ पदमा राणालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ हुन् । राणा २०२२ को जनवरी १ मा यो बैंकको डेपुटी सीईओ नियुक्त भएका थिए । उनले सन् १९९४ मा स्ट्यान्डर्ड चार्टर्ड नेपाल बैंकमा रिटेल एन्ड प्राइभेट बैंकिङ विभागबाट काम शुरू गरेका थिए ।

पछिल्लो समय उनी ग्लोबल बैंकिङ एन्ड कमर्सियल बैंकिङको प्रमुख थिए । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज पीटीवाई लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको कुल ७०.२१ प्रतिशत लगानी छ ।

प्रतिक्रिया दिनुहोस्