Logo
Logo

जागीरबाट निकालिएका कर्मचारीद्वारा आत्मदाहको प्रयास !


- दृष्टि न्युज/संवाददाता

0
Shares

अछाम, २६ जेठ । अछाममा जागीरबाट निकाएका एकजनाले आत्मदाहको प्रयास गरेका छन् । बयलपाटा अस्पतालबाट निकाएका उनले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।
अस्पतालले २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीलाई केही निकालको थियो । ती कर्मचारीले आज बिहान आफ्नै जिउमा आगो लगाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
साँफेबगर नरपालिकाका मेयर कुलबहादुर कुँवरका अनुसार उनीसहित ३३ जनालाई केही दिनअघि तीन महिनाको समय दिएर सेवामुक्त गर्न पत्र दिइएको थियो । ती सफाइ कर्मचारीले आत्मदाहको प्रयास गर्नुको कारण त्यही हुनसक्ने अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले भने उनले आत्मदाह गर्नुको कारण खुलिनखुलेको बताएका छन् । घाइते उनलाई कोहलपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्