काठमाडौं, २६ जेठ ।
न्याय सेवाका दुई सहसचिव सचिवमा बढुवा भएका छन् । अर्थ मन्त्रालया उदयराज सापकोटा र कानून मन्त्रालयका धनराज ज्ञवाली सोमबार सचिवमा बढुवा भएका हुन् ।
ज्ञवालीको प्रधानमन्त्री कार्यालय तथा सापकोटाको मेलमिलाप आयोगमा पदस्थापन भएको छ । कानून मन्त्रालयमा मेलमिलाप आयोगका सचिव ऋषि राजभण्डारीको सरुवा भएको छ ।