काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ । सोमबार २१ सय रुपैयाँ बढेको सुन आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार बढेर आज सुन तोलाको एक लाख ५४ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य एक लाख ५२ हजार दुईसय रुपैयाँ थियो ।
दुई दिनमै सुनको मूल्य चार हजार एकसय रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य एक हजार नौसय २५ रुपैयाँ रहेका महासंघले जनाएको छ ।