काठमाडौं । नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखा प्रतिष्ठानको पत्रकार भूषण पोखरेल निर्विरोध भएका छन् । प्रतिष्ठानको बुधबार भएको मनोनयनमा एकल उम्मेदवारी परेपछि पोखरेलसहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
पोखरेल उनी विगत ३ दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आएका छन् । यस्तै उपाध्यक्षमा चन्दा विष्ट अधिकारी, महिला उपाध्यक्षमा सरिता खनाल, सचिवमा अर्जुन सापकोटा, सहसचिवमा सुमन बस्नेत, समावेशी सहसचिवमा वेग बहादुर पुलामी र कोषाध्यक्षमा रमाकुमारी पराजुली निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी खुला सदस्यहरूमा मोअल्लिम अन्सारी, मुकेशकुमार मिश्र, बलराम कोइराला, हेमन्त राज उप्रेती, महिला सदस्यमा राधिका ओझा, मधेशी सदस्यमा मनोजकुमार शाह र अन्य समावेशी सदस्यमा सितु मानन्धर निर्विरोध भएका छन् ।
यस्तै केन्द्रीय परिषद् सदस्यमा गोकर्ण रेग्मी र किरण अर्याल, प्रदेश परिषद् सदस्यमा रमिता यादव रहेका छन् ।