Logo
Logo

प्रधानसेनापति सिक्देलले पाए भारतीय सेनाको मानार्थ महारथी दर्जा


693
Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानसेनापति सिक्देललाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज बिहान आयोजित एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन् ।

कार्यक्रममा भारतीय सेनाप्रमुख उपेन्द्र द्विवेदीलगायत त्यहाँका उच्च सुरक्षा तथा सैन्य अधिकारी, नेपाली दूतावासका अधिकारीहरूको उपस्थिति थियो । द्विवेदीको निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिर २६ गते भारत प्रस्थान गरेका थिए । उनी शुक्रबार (मंसिर २९) मा स्वदेश फर्किने कार्यक्रम छ ।

नेपालले भारतको र भारतले नेपालको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा छ । गत मंसिर ६ गतेमात्रै भारतीयसेनाप्रमुख द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्