कास्की । रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा रविमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।