काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम र पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा यूपीआई (युनियनपे इन्टरनेसनल) का कार्ड स्वीकार गर्ने भएको छ ।
डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा देशभरि कुमारी बैंकका एटीएम र पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ ।
यो सुविधाबाट अब यूपीआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुनेछ ।
साथै यसले व्यावसायीलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै डिजिटल नेपालको अभियानमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।