Logo
Logo

प्रधानमन्त्रीविरुद्ध त्रिविका कर्मचारीहरूद्वारा नाराबाजी


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले नाराबाजी गरेका छन् ।

बिहीबार त्रिविको सभा (सिनेट) मा कुलपति समेत रहेका प्रधानमन्त्री ओली सहभागी हुन पुगेका थिए । प्रधानमन्त्री ओली सभाबाट बाहिरिने क्रममा कर्मचारीहरूले नाराबाजी गरेका हुन् ।

कर्मचारीहरूले सेवा सुविधाको माग राखेर नाराबाजी गरेका हुन् । बिहानैदेखि कर्मचारीहरू सभास्थल अगाडि पुगेर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्