काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
बिहीबार अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यसअघि प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
प्रसाईमाथि आपराधिक लाभ र संगठित अपराधको कसूरमा भने अनुसन्धान जारी रहेकाले उनी छुट्न नपाउने भएका छन् ।प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै पक्राउ गरेको थियो ।