काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय घटाउने भएको छ । आउँदो माघ १५ गतेदेखि बिहान–बेलुका एक/एक घण्टा निर्माणको समय घटाइने भएको हो ।
गएको कात्तिक २३ गतेदेखि ट्याक्सी वेलगायत संरचना निर्माणका निम्ति राति १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा त्रिभुवन विमानस्थल बन्द गर्ने गरिएको छ । आउँदो चैत १८ गतेसम्म उक्त निर्माण कार्य सकाउने लक्ष्य छ ।