काठमाडौं । सहकारी ठगीको आरोपमा फरार रहेका जीबी राईको राहदानी रोक्का भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा ६ वटा सहकारीको २ अर्ब ५८ करोड अपचलन गरेको आरोप लागेका राईको राहदानी विभागले रोक्का भएको हो ।
सहकारीकै रकम अपचलनमा गोर्खा मिडिया ग्रुपका दुई संचालक छविलाल जोशी र रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पछि प्रहरीले संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
संगठित अपराधको आरोपीका रुपमा राईको राहदानी रोक्का भएको हो । अब उनले नेपाली राहदानी बोकेर यात्रा गर्न सक्ने छैनन् ।