काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।
जोशीलाई बिहीबार साँझ अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।
उनलाई बिहीबार स्वास्थ जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टर अस्पताल भर्ना गर्नुपर्ने बताएपछि भर्ना गरिएको बताइएको छ । जोशी ६ असोजदेखि प्रहरी हिरासतमा छन् ।