Logo
Logo

महालक्ष्मी विकास बैंकको दरबारमार्ग शाखामा डिजिटल भुक्तानी केन्द्र


252
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले दरबारमार्गस्थित शाखा कार्यालयमा डिजिटल भुक्तानी केन्द्र स्थापना गरेको छ ।

ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने बैंकको निति अनुसार शो शाखा कार्यालयमा डिजिटल भुक्तानी केन्द्र स्थापना गरिएको बैंकले जनाएको छ ।

उक्त केन्द्रमार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरू प्रवाह हुने बैंकले जनाएको छ । सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्मको प्रयोग गरी सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहने विधार्थीको आवेदन तथा अध्ययन शुल्क केन्द्रबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसैगरी पीटीआई, स्याट, यूएसएमएलई, जीआरई, एसीसीए जस्ता कोर्सको शुल्क तथा सेभिज शुल्क पनि भुक्तानी गर्न सकिने छ ।

यसअघि पनि महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्