काठमाडौं, २७ जेठ ।
यूरोपियन देशमा कोरोना संक्रमणमा कमी आएपनि विश्वमा संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार एक लाख ३६ हजार जना नया संक्रमितको पहिचान भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । एकैदिन यतीधेरै संक्रमित पहिचान भएको यो नयाँ रेकर्ड हो ।
स्वास्थ्य संगठनले कोरोना संक्रमण नियन्त्रण हुन धेरै समय लाग्ने भएकाले अझै सतर्कता बढाउन आग्रह गरेको छ । पछिल्लो समय अमेरिकासहित, रसिया, ब्राजिल तथा भारतमा संक्रमण धेरै भएको छ ।
अमेरिकामा संक्रमितको संख्या २० लाख पुगेको छ । ब्राजिलमा सात लाख १५ हजार, रसियामा चार लाख ७५ हजार, स्पेनमा दुई लाख ८८ हजार, बेलायतमा दुई लाख ८८ हजार तथा भारतमा दुई लाख ७० हजारमा संक्रमित भएका छन् ।
कोरोना संक्रमणको महामारी ठिक हुन लामो समय लाग्ने डब्लुएचओले जनाएको छ । कतिपयले विश्वमा आधा जनसंख्यालाई संक्रमण हुन सक्ने आँकलन समेत गरेका छन् ।