Logo
Logo

पशुफार्ममा भएको सामुहिक हत्याको निन्दा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित गंगादेवी पशुफार्ममा गएराति भएको हत्याको घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।
रुपन्देही क्षेत्र नं २ का संघीय सांसदसमेत रहेका नेता पौडेलले मंगलबार विज्ञप्तिमार्फत ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करन चौधरी र १७ वर्षीय आशिष चौधरीको त्रासदीपूर्ण एवं विभत्स हत्या भएकाले सो घटनाको विरोध गरेका छन् ।
‘यस हत्याकाण्डको यथाशीघ्र अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन र दोषी उपर कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारका सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । मृतकका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्छ’ विज्ञप्तिमा उनले भनेका छन्, ‘समाजमा डरलाग्दो ढंगले देखापरिरहेको यस प्रकारको आपराधिक मनोवृत्ति फैलिन नदिन र नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्नसमेत सम्बद्ध निकायको ध्यानाकर्षण गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्