Logo
Logo

गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाद्वारा शपथ


252
Shares

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

नेपाली कांग्रेसको समानुपातिकतर्फबाट निर्वाचित थापालाई प्रदेशसभा सचिवालायमा आयोजित एक कार्यक्रमका बीच सभामुख कृष्णप्रसाद धितालले शपथग्रहण गराएका हुन् ।

प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि रिक्त भएको पदमा बन्दसूचीमा रहेका नामबाट क्रमअनुुसार पार्टीको सिफारिसमा थापा निर्वाचित बनेका हुन् । श्रवणशक्ति गुमेका कारण अरुले बोलेको सुन्न नसक्ने थापाले गण्डकी प्रदेशसभामा अपाङ्गता भएको व्यक्तिहरुबाट समेत प्रतिनिधित्व गर्ने भएका छन् ।

शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अपाङ्गता भएका व्यक्ति र आवाजविहीनको लागि नीति, नियम र योजना बनाउन लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्