काठमाडौं, २७ जेठ ।
भक्तपुरमा कार्यरत नापी सर्भेक्षक राजेन्द्र काफ्लेले पाँच करोड भन्दा धेरै अकुत सम्पत्ति आर्जन गरेको भेटिएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दायर गरेको छ ।
पाँच करोड ४३ लाख २७ हजार बिगो कायम गरी मुद्दा दायर भएको हो । उनले श्रीमती सुशीलाको नाममा काभ्रे र भक्तपुरमा जग्गा खरिद गरेका थिए । जसको उनले स्रोत खुलाउन सकेका छैनन् । नापी कार्यालयमा हुँदा नै उनले अकुत सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ ।
पद सानो भएपनि उनको जीवनशैली अस्वभाविक रहेको आयोगको छानबिनमा खुलेको छ । उनको श्रीमतीविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको छ ।