Logo
Logo

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा धारणा राख्ने क्रम जारी


2.8k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन र आगामी कार्य योजनाका बारेमा शनिबार पनि छलफल भएको छ ।  

पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्य योजनाका साथै कार्यविभाजनका विषयमा छलफल भएको हो ।

स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्य योजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरू प्रस्तुत गरेको नेकपा समाजवादीले जनाएको छ ।

शनिबार बैठकमा जगन्नाथ खतिवडा, जयन्ती राई, गङ्गालाल तुलाधर , चन्द्र बहादुर शाही, कल्याणी खडका लगायतले धारणा राखेका छन् ।

उनीहरूले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भूराजनीतिक चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा धारणा राखेको पार्टी नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।  

अब अध्यक्ष, वरिष्ठ नेताहरू र महासचिवले धारणा राख्न बाँकी रहेको नेताहरूले जनाएका छन् । स्थायी कमिटीको बैठक आइतबार सम्पन्न गर्ने प्रवक्ता खतिवडाले बताए । 

प्रतिक्रिया दिनुहोस्