Logo
Logo

७२ जिल्लामा फैलियो कोरोना, चार हजार पुग्यो संक्रमितको संख्या


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाण्डौ, २७ जेठ ।
नेपालमा कोरोना संक्रमणबाट प्रभावित जिल्ला ७२ पुगेको छ । मंगलबार इलाम थपिएसँगै ७२ पुगेको हो ।
नेपालमा कोरोना सङ्क्रमितको सङख्या चार हजार नाघेको छ । मङ्गलबार तीन सय २३ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको हो । विभिन्न जिल्लाका गरी दुई सय ९२ पुरुष र ३१ जना महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै कोशी अस्पतालमा इलामका एक र धरानमा गरिएको परीक्षणमा सुनसरीका एक र सप्तरीका ६ जना गरी सात जनामा सङ्क्रमण भेटिएको छ ।
प्रादेशिक प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा चितवनका २४, नवलपुरका तीन, धादिङका एक, कपिलवस्तुका एक र सप्तरीका एक गरी ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा म्याग्दीका एक, नवलपुरका १२ र बाग्लुङका ११ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।

प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये धनुषाका २१, महोत्तरीका १९ र सर्लाहीका एक जना रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङकै ६ जनामा सङ्क्रमण पाइएको छ ।

त्यस्तै भेरी अस्पताल प्रयोगशालामा बाँकेका नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लाका दुई जनामा सङ्क्रमण भेटिएको हो । प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १२ र सुर्खेतका चार जना गरी १६ जनामा सङ्क्रमण भेटिएको छ ।

त्यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा दार्चुलाका १०, कञ्चनपुरका १९, डडेलधुराका सात र कैलालीका एक जना गरी ३७ जनामा सङ्क्रमण भेटिएको हो । प्रादेशिक अस्पताल रुपन्देहीमा रुपन्देहीका २० र कपिलवस्तुका २ गरी २२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा गरिएको परीक्षणमा एक सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये धनुषाका २४, कपिलवस्तुका सात, महोत्तरीका ३१, पश्चिम नवलपरासीका १२, नुवाकोटका दुई, रौतहटका २१, सर्लाहीका १६ र सिरहाका १२ जनामा सङ्क्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्