Logo
Logo

झुटो समाचार मुद्धामा एबीसी न्यूजलाई १५ मिलियन डलर जरिवाना


2k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पबारे झुठो सामग्री प्रकाशित तथा प्रसारित गरेको मुद्दामा एबीसी न्यूजले १५ मिलियन डलर जरिवाना तिर्नुपर्ने भएको छ ।

केही समयअघि ट्रम्प ‘बलात्कारका लागि जिम्मेवार’रहेको भन्दै एबीसी न्यूजले आफ्नो अनलाइन पोर्टलमा समाचार प्रकाशित गरेको थियो । तर, अहिले गल्ती स्वीकार गर्दै मामिला सल्टाउन १५ मिलियन डलर भर्न तयार भएको समाचारमा उल्लेख छ ।
सम्झौता अनुसार अब एबीसी न्यूजले राष्ट्रपति निर्वाचित डोनाल्ड ड्रम्पले स्थापित गरेको फाउण्डेशन वा राष्ट्रपतिको नामबाट स्थापित संग्रहालय अथवा धर्मार्थ योगदानका रुपमा १५ मिलियन डलर भर्नेछ ।

ट्रम्पको ‘कानूनी फी’का लागि एक मिलियन डलर भुक्तानी गर्नसमेत एबीसी सहमत भएको छ । त्यति मात्रै नभई सम्झौताअनुरुप एबीसीले १० मार्च २०२४ मा अनलाइन समाचार सामग्रीको मुनि सम्पादकको नोट (भूलसुधार) पोष्ट गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्