काठमाडौं । स्याङजाबाट माइक्रोबस चढेर काठमाडौं आइरहेका एक यात्रुको मृत्यु भएको छ । ग २ ख १५७६ नम्बरको माइक्रो बस चढेर काठमाडौं आउँदै गरेका स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने ७३ वर्षीय कृष्ण शर्माको मृत्यु भएको हो ।
चितवन आइपुग्दा श्वासप्रश्वासमा समस्या आएपछि इच्छाकामना आधारभूत अस्पताल लगिएका शर्माको दिउँसो २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।