Logo
Logo

पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व


1.2k
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा अग्रता लिएको मत बढी भएसँगै उनको जित निश्चित भएको हो ।

महासंघले ६९ वर्षे इतिहासमा महिला नेतृत्व पाएको यो पहिलोपटक हो । त्यस्तै महासंघका पदाधिकारी र सदस्यमा पनि शर्माकै प्यानलका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । उनी अध्यक्षका दाबेदार रमेश विष्ट प्यानलका हुन् । महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो ।

पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । तर मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्