Logo
Logo

ब्राजिलका पूर्वरक्षामन्त्री पक्राउ


819
Shares

एजेन्सी । ब्राजिलका पूर्वरक्षामन्त्री ब्रागा नेट्टो पक्राउ परेका छन् । सन् २०२२ मा भएको कथित ‘कू’ प्रयासको अनुसन्धानमा बाधा पर्याएको आरोपमा उनी शनिबार पक्राउ परेका हुन् । ब्राजिलको संघीय प्रहरीले अनुसन्धानमा बाधा पु¥याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

गत नोभेम्बरको अन्त्यतिर प्रहरीले पूर्वदक्षिणपन्थी राष्ट्रपति बोल्सोनारो र दर्जनौँ सहयोगीलाई वामपन्थी लुइज इनासियो लुला डा सिल्भाको शपथ ग्रहण रोक्न ‘कू’को प्रयास गरेको आरोपमा अभियोग लगाउन सिफारिस गरेको थियो ।

यो सूचीमा नेट्टो पनि सामेल थिए र सन् २०२२ को चुनावमा उनको प्रतिस्पर्धी पनि थिए । महान्यायाधिवक्ता पाउलो गोनेटले बोल्सोनारो र अन्य ३६ जनाविरुद्ध सह–षड्यन्त्रकारीका रूपमा नामित आरोपलाई प्रमाणले समर्थन गर्छ कि गर्दैन भनेर अनुसन्धान गरिरहेका छन् ।

करिब दुई वर्ष लामो प्रहरी अनुसन्धानपछि गोनेटले तयार पारेको ८८४ पृष्ठ लामो प्रतिवेदनमा बोल्सोनारो र अन्यलाई ‘कू’को योजना बनाएको र ‘लोकतान्त्रिक राज्यलाई हिंसात्मक ढंगले अपदस्थ गर्न’ खोजेको अभियोगमा अभियोग लगाउन आग्रह गरिएको छ ।

सन् २०२२ मा लुलाले जितेको चुनावमा धाँधली भएको दाबी गर्न र सर्वोच्च अदालतलाई किनारा लगाउन आदेशको प्रयोग गर्न बोल्सोनारो र उनका सैन्य अधिकारीहरूसहित केही अधिकारीहरूको मिलेमतो रहेको बताइएको छ ।

बोल्सोनारोलाई उनका उपराष्ट्रपति तथा सर्वोच्च अदालतका न्यायाधीश लुलाको हत्या गर्ने कुलीन सैनिकको कथित योजनाबारे पनि ‘पूर्ण जानकारी’ रहेको रिपोर्टमा उल्लेख छ ।

‘ग्रिन एण्ड एलो डगर’ भनिने यो योजनाको बारेमा नेट्टोको घरमा छलफल भएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार ब्राजिलको राष्ट्रपतिको कार्यालय प्लानाल्टो दरबारमा यो छापिएको थियो।

बोल्सोनारोको लिबरल पार्टीको मुख्यालयमा नेट्टोका एक सल्लाहकारको सामानमा ‘कू’ योजनाको मस्यौदा फेला परेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्