काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुशासित ढंगले एकतावद्ध भएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
केन्द्रीय संगठन विभागले आइतबार आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सही विचार र नीति लिएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।
पार्टीमा खराब प्रवृत्ति मौलाउँदै गएको बताउँदै उनले पार्टीमा जसरी विकास गर्नुपर्थ्यो त्यसरी विकास गर्न नसकेको बताए । ‘अहिले पार्टीमा केही प्रवृत्ति देखिएका छन् । पार्टीमा भोटो फटाएको तर नेतृत्व दिन नसक्ने, अर्को भनेको विमति जनाउने तर, सही बाटो के हो ? पहिल्याउन नसक्ने’ उनले भने, ‘असहमति राखेर आफूलाई कुछ हौं भन्ने पृथक देखाउन खोज्ने । यो प्रवृत्ति पार्टी र व्यक्तिगत हिसाबले ठिक होइन ।’
प्रतिक्रियावादी शक्तिले त विभाजन गर, अन्तरविरोध पैदा गरेर राज गर भन्ने नीति नै भएको भन्दै उनले भने, ‘अहिलेसम्म विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न सकेका छैनन् ।’