Logo
Logo

संस्थापक मेयर सिंहको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा


2.1k
Shares

काठमाडौं । काठमाडौं महानगरले संस्थापक मेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ । काठमाडौंको पहिलो मेयर सिंहको आज सोमबार बिहान निधन भएको थियो । महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।

विक्रम संवत २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गर्नु पूर्व सिंह काठमाडौंका प्रमुख थिए । प्रमुखका रूपमा महानगरपालिमा रहँदा समाज सेवाका लागि पु¥याएको उच्च सम्मान गर्दै बिदा दिइएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्