Logo
Logo

आज र भोलि मनकामना केवलकार बन्द


252
Shares

काठमाडौं । मनकामना केबलकारको सेवा आज र भोलि दुई दिन बन्द भएको छ । टावर मर्मत सम्भारका लागि आज र भोलि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले जानकारी दिए ।

पुस ३ गते बुधबारदेखि भने केवलकार सेवा नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताए । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्