काठमाडौं । धादिङकी शोभा पाठकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको हो । पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको प्रहरीले जनाएको छ ।
नेकपा एमाले नेता महेश बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएका छन् ।