Logo
Logo

सशस्त्र प्रहरीमा कारबाहीको तयारी


16.3k
Shares

काठमाडौं । नेपाल भारत सीमा क्षेत्रबाट ठूलो परिणाममा तस्करी गराएको आरोपमा सशस्त्र प्रहरी मूख्यालयले धनुषा स्थित ८ गणका एसपी दर्शन गिरीसहित एक दर्जन अधिकृतलाई कारवाहीको तयारी गरिएको स्रोतले बताएको छ । सशस्त्र प्रहरी मूख्यालयले गिरीलाई चार दिनअघि मूख्यालय बोलाएर आवश्यक सोधपुछ गरिरहेको छ भने तीन डिएसपी चार इन्स्पेक्टर र एक सईलाई तानेर कारवाहीको तयारी गरेको हो ।

एसपी गिरीलाई सशस्त्र प्रहरी बलको कानुन महाशाखाले केही दिन अघि उनलाई बोलाएर सोधपुछ गरिरहेको स्रोतले जनाएको छ । धनुषाको इनर्वा, जटही, दुहबी, मैनाथपुर चेकपोस्टबाट सशस्त्रको संलग्नतामा तस्करी गराएको आरोपमा एसपी गिरीमाथि छानबिन सुरु भएको हो । एसपी गिरीले सीमा क्षेत्रमा बद्मासी गरेको थाहा पाएपछि मधेश प्रदेशका लागि प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले एक विशेष टोली परिचालन गरेका थिए । सोही टोलीले दिएको रिपोर्टको आधारमा उनलाई मुख्यालयले बोलाएको हो ।

यसैगरी त्यसैगरी डिएसपी कपिलवस्तु कृष्णनगर बिओपीमा डिएसपी शैलेन्द्र न्यौपाने, कपिलवस्तु चाकरचौडाका जयराम बस्नेत, मटिहर्वा बाराका विदुर भट्टराईलाई मूख्यालय तानेर कारवाहीको प्रकृया सुरु गरिएको छ ।

नवराजपुर बिओपी सिराहका इन्स्पेक्टर रोशन थापा, बीओपी अमडुवाका सुनसरीका प्रकाशविक्रम कार्की, मोरङ नोचा बिओपी जयबहादुर दथेकुथे, धनुषा ८ नं गण मातहतका बिओपीमा फूलगामा कार्यरत गणेश बोहोरा र कृष्ण गुरुङ समसिओपी महोत्तरीलाई तानेर सीमा सुरक्षा विभागमा हाजिर गराइएको छ ।

यसैगरी सई खेम कटुवाललाई झापाको टिरिङ्गाबाट तानेर कारवाहीको तयारी थालिएको छ । उनीहरुलाई प्रहरी प्रधानकार्यालयबाट खटिएको विशेष टोलीले लामो समय निगरानीपछि दिएको रिपोर्टको आधारमा कारवाहीको तयारी भएको हो ।

सशस्त्र प्रहरीभित्र आफूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धर्मपुत्रको रुपमा प्रस्तुत गर्दै हिड्ने गिरीमाथि छानबिन गर्न थालेपछि उनी विभिन्न शक्ति केन्द्र धाउन थालेको छन् । उनी प्रचण्डपुत्री रेणु दाहाल र गंगा दाहाललाई दिदी नाता लगाएर सशस्त्र प्रहरी मुख्यालयमा आएर फूर्ति लगाने गरेको थिए । अघिल्लोपटक प्रचण्ड सरकारमा हुँदा नै धनुषा सरुवा गराउन सफल भएका गिरी शैलेन्द्र खनाल आइजीपी हुँदा सामाजिक सञ्जालमा स्टाटस लेखेर नेतृत्वलाई ठिक लगाउने धम्की दिएका थिए ।

यसपटक भने आइजीपी राजु अर्यालको फेला परेका छन् । अर्याललाई प्रचण्डको सोर्स लगाएर गएकै कारण उनी कमाउ धन्दामा लागेका थिए । केही महिना अघि मात्रै सशस्त्र मुख्यालयले अनुगमनका लागि खटाएको टोलीले धनौजी नाकाबाट भन्सार छलीका सामानसहित तीन वटा मोटरसाइकल बरामद गरेपछि उनलाई मूख्यालय बोलाएर चेतावनी दिइएको थियो । बैतुल्लाह नामक व्यापारीले भारतबाट ती मोटरसाइकलमा लत्ताकपडा र जुत्ता चप्पल तस्करी गरी ल्याएको खुलेको छ ।

सशस्त्र मुख्यालयबाट खटिएको टोलीले ती सामान भन्सारमा बुझाएको थियो । मुख्यालयबाटै खटिएको टोलीले धनौजीबाट तस्करीका सामान बरामद गरेपछि धनुषामा खैलाबैला मच्चिएको छ । सशस्त्र मुख्यालयले मधेश प्रदेश बाहिनी बर्दिबासलाई धनुषाका एसपी दर्शन गिरी र धनौजी बीओपीका इन्चार्ज अगम राईलाई यसअघि पनि मुख्यालय तानेर सोधपुछ गरेको हुनाले यसपटक उनी फिर्ता हुन ठूलै शक्ति लगाउनुपर्ने देखिएको छ ।

सशस्त्र प्रहरी गण नम्बर ८ धनुषाका एसपी दर्शन गिरीले तस्करहरूसँग सोझै डिल गरी लाइन दिएको आरोप छ । गिरीले देखिने गरी घुमुवा खटाएका छैनन् । एसपी गिरी यसअघि सशस्त्रको रसुवास्थित गुल्मको डीएसपी हुँदा पनि उनी सुनदेखि रक्त चन्दन तस्करीमा मुछिएका पात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्