काठमाडौं, २८ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट अहिलेसम्म निधन भएका १५ जना सबै कोरोनाकै कारण मात्र मृत्यु नभएको बताएका छन् ।
संसद्लाई बुधबार सम्बोधन गर्दै उनले अन्य विभिन्न रोगका कारण उपचार गराइरहेकाहरूमा संक्रमण हुन पुग्दा उनीहरूको मृत्यु भएको बताएका हुन् ।
नेपालमा कोरोनाका कारण मृत्युदर निकै कम रहेको उनको भनाई छ । उनले नेपालीमा रोग प्रतिरोधात्मक क्षमता उच्च रहेको भन्दै अन्य देशको तुलनामा कोरोनाबाट मृत्यु हुनेको संख्या कम हुने विश्वास व्यक्त गरे । उनले त्यसको लागि व्यवस्था र उपचारको प्रवन्ध पनि गरेको उल्लेख गरे ।
प्रधामन्त्रीको यस्तो भनाईमाथि गगन थापा लगायत सांसदहरुले प्रश्न उठाएका छन् ।