काठमाडौँ । नेपाल र चीनबीच मासु निर्यातका लागि सम्झौता भएको छ । सोमबार नेपालबाट भैँसीको मासु निर्यातका लागि हिमालयन फुड इन्टरनेशनल प्राइभेट लिमिटेड र चीनबाट संघाइ जि याङ फूड कर्पोरेसनबिच सम्झौता भएको हो ।
दुवै पक्ष मासु निर्यात सहज बनाउन पहल गर्ने उल्लेख गरेका छन् । नेपालबाट चीनले मासु आयात गर्नका लागि प्रतिबद्ध जनाएको छ । कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा यो सम्झौता कोशेढुंगा हुने बताए ।
मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको स्मरण गराउँदै यो सम्झौताले नेपाली किसानलाई राँगाभैंसी पालनमा थप प्रोत्साहन मिल्ने बताए ।