काठमाडौं । कास्की प्रहरीले सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ ।
प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा बुझाएको प्रतिवादी अनुसार जीबी र रविसहित ५१ जनाबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ ।
सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दामा रविसँग २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम असुल गर्नुपर्ने राय दिएको हो । लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति सुद्धिकरणको मुद्दा चलाउनुपर्ने र बिगो असुल गर्नुपर्ने राय प्रहरीले दिएको छ ।
प्रहरीका अनुसार ५१ मध्ये ३७ जना फरार छन् । उनीहरूलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।