Logo
Logo

आगामी निर्वाचनमा देशैभर उमेदवार उठाउने एकीकृत समाजवादीको निर्णय


693
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले जनताका मागलाई जोडेर संघर्षको माध्यमबाट नै पार्टी निर्माण गर्न सकिने निचोड निकालेको छ ।

पाँच दिनदेखि जारी स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता जगन्नाथ खतिवडाले उक्त जानकारी दिए ।

उनले भने, ‘जनताका मागलाई जोडेर जनसंघर्षकै माध्यमबाट पार्टी निर्माण गर्न सकिन्छ । पार्टी पूर्णरूपमा गाउँका जनतासँग साक्षात्कार गर्नुपर्छ भन्ने दिशामा निर्णय केन्द्रित छ ।’

एकीकृत समाजवादीले पाँच दिनसम्म आगामी कार्ययोजनाबारे छलफल गरेको हो । बैठकले आगामी निर्वाचनमा देशैभरि पार्टीको उमेदवार खडा गर्ने गरी अघि बढ्ने निर्णय पनि गरेको छ ।

उनले भने, ‘आगामी निर्वाचनमा एकीकृत समाजवादी सशक्त पार्टीको रूपमा उभ्याउने, कलम चिह्नका उमेदवारलाई देशैभरि स्थापित गराउने भन्ने विषयमा छलफल केन्द्रित छ ।’

प्रतिक्रिया दिनुहोस्