काठमाडौं, २८ जेठ ।
भारतबाट आएका नागरिक बोकेको टिपर कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३२ जना बेपत्ता भएका छन् । टिपर कर्णाली नदीमा खस्दा करिब ३२ जना बेपत्ता भएको चेम्बर अर्फ कमर्सका कालिकोटका अध्यक्ष हस्तबहादुर बमले बताए ।
कालिकोटको राजकोट नगरपालिकाले दुर्घटनामा तीनजनाको मृत्यु भएको पुष्टि गरेको छ । चारजना घाइतेको उद्धार गरिएको छ । ३९ जना सवार रहेको ना.८ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख वसन्त पन्तले जानकारी दिए । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।