काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज नेताहरूको जिम्मेवारी तोक्ने भएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे पनि निर्णय सार्वजनिक गरिनेछ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरिसकेको छ । राष्ट्रिय एजेण्डाहरूमा सहकार्यको सम्भावना सधैँ जीवित रहेपनि पार्टी एकताको सम्भावना भने नभएको निष्कर्ष नेकपा एसको छ ।