Logo
Logo

नेकपामा एउटै ‘ड्रेसकोड’


1.2k
Shares

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेताहरुमा ‘ड्रेसकोड’ लागू गरेको छ । नेकपाले केन्द्रीय नेताहरुका लागि कालो रंगको कोट, पाइन्ट र सेतो सर्ट ‘ड्रेसकोड’बनाएको हो ।

गएको मंसिर २७ गतेदेखि कपिलबस्तुको शिवगढीमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवसहितका नेताहरु एकै प्रकारको ड्रेस लगाएर सहभागी भएका छन् । उक्त ड्रेस शिवगढीमा नेकपाले नै सञ्चालन गर्दै आएको गार्मेन्टमा बनाइएको हो ।

नेकपाले केन्द्रीय कार्यालय मातहत रहनेगरि जनकम्युन सञ्चालन गरेको छ । उक्त गार्मेन्टमा सर्ट, पाइन्ट, कोट, ज्याकेट, ट्राउजर, ट्र्याक सुट, स्कुल युनिफर्म लगायतका पोशाक सिलाइन्छ ।

प्रतिक्रिया दिनुहोस्