काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला चार सय रूपैयाँ बढेको सुन आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार प्रतितोला एक लाख ५१ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँ कायम भएको हो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।