Logo
Logo

यू-१९ महिला एसिया कपः नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य


378
Shares

काठमाडौं । मलेसियामा जारी एसीसी अन्डर नाइन्टी महिला एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् । अहिले भारतले जवाफी ब्याटिङ गरिरहेको छ ।

एकक खेल अगावै नेपाल र भारत सुपर फोरमा प्रवेश गरिसकेका छन् । आजको खेलले समूह विजिता र उपविजेताको टुंगो लाग्ने छ ।

सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान सुरक्षित गरेको थियो ।

पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्