Logo
Logo

देशको अवस्था फेरिसक्यो: प्रधानमन्त्री


630
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा व्यवस्थामात्र बदलिएको नभएर देशको अवस्थासमेत फेरिसकेकाले अब फाइलमा अल्झिने नभएर डिजिटलाइज सेवामा पुगिसकेको दावी गरेका छन्।

आज ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्था पनि बदलिएको र अवस्था पनि बदलिएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले काम पाइरहेका छन्, मान्छेहरू व्यवस्था बदलियो, अवस्था बदलिएन भन्छन् म भन्छु( व्यवस्था पनि बदलियो, अवस्था पनि बदलियो, पहिला केही काम पर्दा कोठाकोठा जानुपर्ने र फाइल अल्झिने झन्झट थियो तर अहिले त्यो अवस्था छैन, डिजिटलाइज सर्भिसमा पुगिसकेका छौँ ।’

उनले ललितपुर महानगरपालिका सांस्कृतिक शहर, धेरै विविधता भएको र लामो समयदेखि आफ्नै चाडपर्वले सुसज्जित शहर रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्