काठमाडौँ । सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जनले अर्ब ९६ करोड ४२ लाख रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
सुमेरुका संस्थापक अध्यक्ष महर्जनले ८ निजी कम्पनी र ३ व्यक्तिका नाममा फर्जी ऋण खडा गरेर ३ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ अपचलन गरेको निष्कर्षसहित महर्जनविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
फरार रहेका महर्जनविरुद्ध ३ अर्ब ९३ करोड बिगो मागदाबी लिँदै मुद्दा दायर गरिएको प्रहरीले जनेअको छ । प्रहरीले महर्जन दम्पती र छोराको पनि चल अचल सम्पत्ति रोक्का गरेको छ ।
प्रहरीका अनुसार उनी २०७९ पुस ७ मा भागेर बेलायत गएको देखिएको छ । महर्जनविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवलयबाट रोड नोटिस जारी भएको छ । २०८० माघ १० मा नोटिस जारी भएपनि अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।
प्रहरीका अनुसार महर्जनले सहकारीको रकम निजी अस्पताल, कलेज, मेडिकल कलेज, रिसोर्ट र मार्टमा लगानी गरेको भेटिएको छ । महर्जनले १७ वटा निजी कम्पनीमा आफूखुसी रकम लगेर अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।