Logo
Logo

आज चारवटा संसदीय समितिको बैठक बस्दै


252
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज चार वटा समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार व्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकम बस्ने भएको हो ।

जसमा बिहान ९ बजे सुरु भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल भइरहेको छ । बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल हुनेछ ।

दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्